भानु तनहुँ
१० आसाढ २०८०
भानु नगरपालिका वडा नं २ स्थित यस होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा कक्षा ११ को वार्षिक परीक्षामा कुनै दुई विषयमा अनुत्तीर्ण विद्यार्थीहरुका लागि आज मिति २०८० असार १० गते विद्यालयमा ग्रेडबृद्धि परीक्षा सञ्चालन भएको छ ।
परीक्षामा १५ जना विद्यार्थीहरु सम्मिलित भएका थिए । परीक्षा दिनको ११ बजे बाट २ बजे सम्म सञ्चालन भएको थियो । परीक्षामा सम्मिलित सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना । परीक्षाको नतिजा केहि दिन भित्रमा यसै व्लग मार्फत सार्वजनिक गरिनेछ ।