विद्यालयको परिचय (Introduction
to School)
गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं. २, नारेश्वरटार, तनहुँमा
अवस्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु नगरपालिकाको
केन्द्रमा अवस्थित वि.सं. २००८ मा स्थापित एक सरकारी सामुदायिक विद्यालय हो ।
पृथ्वी राजमार्ग (काठमाण्डौ – पोखरा) को बन्दिपुर गाउँपालिका अन्तरगत डुम्रे
बजारबाट ५ कि.मि. उत्तरमा अवस्थित विद्यालय चुँदि रम्घा क्षेत्र (भानुभक्तको
जन्मस्थल) कै एक प्रतिष्ठित विद्यालय हो । नारेश्वरटारको समथर भू-भागमा रहेको
विद्यालय भौतिक रुपमा धेरै क्षेत्रफल भएको विद्यालय पनि हो । अन्य विद्यालयका
तुलनामा यस विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । साना शहरी विकास आयोजनाको
शहरीकरण यसै क्षेत्रमा सञ्चालित भएको हुँदा भविश्यमा समेत यस विद्यालयमा
उल्लेख्य संभाव्यता रहेको छ ।
विद्यालयमा हाल कक्षा शिशु बाट कक्षा १२ सम्मका कक्षाहरु साधारण तर्फ सञ्चालित छन् । त्यस्तै गरेर CTEVT अन्तरगत १८ महिने Civil sub-overseer र 3 years diploma in civil engineering प्राविधिक तर्फ सञ्चालित छन् । साधारण तर्फ कक्षा ११ र १२ मा शिक्षा तथा व्यवस्थापन संकायमा कक्षाहरु सञ्चालित छन् । कक्षा १ – १२ को विद्यार्थी संख्या करिव ६०० छ । त्यस्तै गरेर प्राविधिक तर्फ विभिन्न जिल्लाका करिव १०० विद्यार्थी अध्ययनरत छन् ।