Admission Open for Civil Engineering

Horaloupdate
By -
0

 हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ

भर्ना खुल्यो!                      भर्ना खुल्यो!                          भर्ना खुल्यो! 

गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित यस हो.रा.लो. शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८० का लागि ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ् ।

सञ्चालित कार्यक्रम(Programme):

यस विद्यालयमा सिटिइभिटी बाट संवन्धन प्राप्त ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम वि.स‌ं. २०७५ देखि सञ्चालन हुँदै आएको छ । यस कार्यक्रम अन्तरगत ४८ कोटामा स्विकृती प्राप्त छ । इच्छुक विद्यार्थी भाई बहिनीहरुले विद्यालयमा संपर्क राख्न सक्नु हुनेछ । यस तहमा अध्ययन गर्न एस.ई.ई. उत्तीर्ण हुनु पर्दछ ।

भौतिक व्यवस्थापन (Physical Management):

We have well furnished classrooms with multimedia for teaching learning aid in every classes. We have access to the trained and skillful facilitators for learning facilitation. We have regular classes and managed all field and visit works with yearly calendar. We focus on practical tasks and we have enough labs and workshop sites. Books are made available in the library for all students.

छात्रवृत्ति(Scholarships):

विद्यालयको तर्फबाट गरीव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । आवश्यकताका आधारमा दाताहरुको खोजी गरी सिकाइ निरन्तरताका लागि विद्यालयले काम गर्दै आएको छ । भानु नगरपालिका तनहुँको प्राविधिक छात्रवृत्तीमा यस विद्यालयमा हाल १५ जना विद्यार्थीहरु अध्ययनरत छन् । भानु नगरपालिकाबाट छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुका लागि नगरले वार्षिक ५० हजारका दरले विद्यालयलाई भुक्तानी दिने गरेको छ । एक पटक छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुले ३ वर्ष सम्म उक्त छात्रवृत्ति प्राप्त गर्नेछन् र चौथो वर्ष नयाँ विद्यार्थीहरुले अवसर पाउनेछन् ।

विपन्न विद्यार्थी सहायता कोष(Emergency Fund for Poor Students):

विद्यालयले वि.सं. २०७८ मा अति विपन्न विद्यार्थीहरुको सिकाइ निरन्तरताका लागि सहयोग गर्ने प्रयोजनका लागि विद्यालयमा विपन्न विद्यार्थी सहायता कोषको स्थापना गरेको छ । यस कोषमा इच्छूक व्यक्ति वा संस्थाले दिनको रु १/- खाजा खर्चबाट कटाएर एकमुष्ट न्यूनतम् रु ३६५/- जम्मा गर्ने व्यवस्था मिलाइएको छ । वा इच्छुक व्यक्तिले न्यूनतम् भन्दा माथि आफ्नो इच्छा बमोजिमको रकम दान गर्न सक्नुहुनेछ । यस कोषमा जम्मा हुने रकमको साँवा मास्न नपाइने व्यवस्था मिलाइएको छ । वार्षिक व्याजबाट सिकाइ निरन्तरताका लागि यसको कार्यविधि अनुसार खर्च गर्ने व्यवस्था मिलाइएको छ । विपन्न विद्यार्थी सहायता कोषको कार्यविधि विद्यालयको व्लगमा डाउनलोड गर्न सकिने छ ।




Post a Comment

0Comments

Post a Comment (0)