Admission Open For Class Eleven

Horaloupdate
By -
0

 

 हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ

भर्ना खुल्यो!                      भर्ना खुल्यो!                          भर्ना खुल्यो! 

गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित यस हो.रा.लो. शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८० का लागि कक्षा ११ को शिक्षाशास्त्र तथा व्यवस्थापन विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ् ।

सञ्चालित कार्यक्रम(Programme):

यस विद्यालयमा कक्षा ११ र १२ मा शिक्षाशास्त्र र व्यवस्थापन अन्तरगतका विषयहरु अध्ययन अध्यापन हुँदै आएका छन् । यस तहमा अध्ययन गर्न एस.ई.ई. उत्तीर्ण हुनु पर्दछ । 

भौतिक व्यवस्थापन (Physical Management):

हाम्रो विद्यालयमा पर्याप्त कक्षाकोठाहरु छन् । कक्षा ११ र १२ अध्ययन अध्यापन हुने कक्षाकोठाहरुमा सिसि क्यामेरा तथा मल्टिमिडिया जडान गरिएको छ । सिकाइ सहजीकरण कार्यमा आधुनिक प्रविधिको उपयोग हुने गरेको छ । सिकाइलाई सहज र प्रभावकारी बनाउन विद्यालय प्रयाशरत छ । स्वःअध्ययनका लागि पुस्तकालय तथा इ-पुस्तकालय को समेत व्यवस्था मिलाइएको छ । कक्षाकोठामा पंखा तथा शैक्षिक सामग्रीमैत्री फर्निचरको व्यवस्था मिलाइएको छ ।

छात्रवृत्ति(Scholarships):

विद्यालयको तर्फबाट गरीव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । आवश्यकताका आधारमा दाताहरुको खोजी गरी सिकाइ निरन्तरताका लागि विद्यालयले काम गर्दै आएको छ । अति विपन्न विद्यार्थीको सिकाइ सहजीकरणका लागि दातृ सँघ संस्था तथा सुभेच्छुकहरु सँग समन्वयकारी भूमिका निर्वाह गरी पढ्ने अवसर सृजना गरिएको छ र गरिने छ ।

विपन्न विद्यार्थी सहायता कोष(Emergency Fund for Poor Students):

विद्यालयले वि.सं. २०७८ मा अति विपन्न विद्यार्थीहरुको सिकाइ निरन्तरताका लागि सहयोग गर्ने प्रयोजनका लागि विद्यालयमा विपन्न विद्यार्थी सहायता कोषको स्थापना गरेको छ । यस कोषमा इच्छूक व्यक्ति वा संस्थाले दिनको रु १/- खाजा खर्चबाट कटाएर एकमुष्ट न्यूनतम् रु ३६५/- जम्मा गर्ने व्यवस्था मिलाइएको छ । वा इच्छुक व्यक्तिले न्यूनतम् भन्दा माथि आफ्नो इच्छा बमोजिमको रकम दान गर्न सक्नुहुनेछ । यस कोषमा जम्मा हुने रकमको साँवा मास्न नपाइने व्यवस्था मिलाइएको छ । वार्षिक व्याजबाट सिकाइ निरन्तरताका लागि यसको कार्यविधि अनुसार खर्च गर्ने व्यवस्था मिलाइएको छ । विपन्न विद्यार्थी सहायता कोषको कार्यविधि विद्यालयको व्लगमा डाउनलोड गर्न सकिने छ ।

Post a Comment

0Comments

Post a Comment (0)