प्राविधिक शिक्षाको अवसर

Horaloupdate
By -
0

 भानु, तनहुँ,

१६ असार, २०८०

गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ नारेश्वरटार तनहुँमा अवस्थित हो.रा.लो. शारदा शिक्षा सदन मा.वि. वि.सं. २००८ मा स्थापित विद्यालय हो । प्रारम्भमा प्राथमिक तहबाट शुरु भएको विद्यालयले हाल माध्यमिक तहको कक्षा १२ सम्म साधारण तर्फ र ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग प्राविधिक तर्फ का कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

भानु नगरकेन्द्रमा अवस्थित विद्यालय यस क्षेत्र कै एक महत्वपूर्ण शैक्षिक गन्तव्य बनेको छ । विद्यालय पछिल्लो समयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रयत्नशील छ । प्रविधियुक्त कक्षाकोठा विस्तारमा विद्यालय लागेको छ । हाल प्राविधिक तर्फका र कक्षा ११ र १२ सञ्चालन हुने भवनका कक्षाकोठाहरु प्रविधियुक्त छन् । 

प्रविधिलाई सिकाइसँग जोडेर सिकाइ सहजीकरण हुने भएको हुँदा सिकाइ प्रभावकारी बन्दै गएको छ । ग्रामिण क्षेत्रमा अवस्थित भए पनि यस विद्यालयमा सुविधा सम्पन्न प्रयोगशालाहरुको व्यवस्थापन मिलाइएको छ । सिकाइ निरन्तरताका लागि आफ्नै छात्रवृत्तिको व्यवस्था गरेको विद्यालयले विपन्न लक्षित कार्यक्रम पनि सञ्चालन मा ल्याएको छ । विद्यालयमा सिकाइ निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्य लिएर विगत २ वर्ष देखि विपन्न विद्यार्थी सहायता कोष समेत सञ्चालनमा छ । 

यहाँ सञ्चालित प्राविधक तर्फको ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा ४८ कोटा रहेको छ । सिटिइभिटीबाट संवन्धन प्राप्त यो तह वि.सं. २०७५ देखि यस विद्यालयमा सञ्चालित छ । 


Post a Comment

0Comments

Post a Comment (0)