भानु तनहुँ
राष्ट्रिय खेलकूद परिषद गण्डकी प्रदेश पोखरा द्वारा विद्यालयका खेल शिक्षकहरुका लागि ६ दिवसीय खेलकूद प्रशिक्षण तालिम सञ्चालन गरेको छ । मिति २०८०/०३/१० गते पोखरा रङ्गशालामा शुभारम्भ भएको उक्त तालिम हिजो मिति २०८०/०३/१५ गते समापन भएको छ ।
तालिममा यस हो.रा.लो. शारदा शिक्षा सदन मा.वि. का खेल शिक्षक श्री निराजन भट्ट सहभागी हुनु भएको थियो । वहाँका अनुसार तालिम अत्यान्तै फलदायी रहेको थियो । अब विद्यालयले उक्त तालिममा सिकेका तौरतरिकालाई विद्यार्थीको पहुँच सम्म पुर्याउनका लागि योजना निर्माण गरि कार्यान्वयन गर्नेछ ।
खेल शिक्षकका अनुसार अब खेलकूद प्रशिक्षण नियमितरुपमा विद्यालयमा सञ्चालन हुनेछ । इच्छुक विद्यार्थी भाई बहिनीहरुले आफूले चाहेको खेल का लागि विद्यालयले उपलब्ध गराएको फाराम भर्नु पर्नेछ । विद्यार्थीको चाहाना बमोजिम उपयुक्त समय निकालेर विद्यालयले नियमित खेल प्रशिक्षणको अवसर सृजना गर्नेछ ।
गोविन्द भट्टराई
प्रधानाध्यापक
हो.रा.लो. शारदा शिक्षा सदन मा.वि.