कविता तथा रामायण वाचन प्रतियोगिता हुने

Horaloupdate
By -
0

 चुँदि रम्घा, तनहुँ 

१७, आसाढ, २०८०

तनहुँ जिल्ला भानु नगरपालिका वडा नं ४ स्थित श्री भानुभक्त जन्मस्थल विकास समितिले भानु जन्मजयन्तीको अवसरमा कविता तथा रामायण वाचन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 

समितिद्वारा आज प्रकासित सूचना अनुसार प्रतियोगिता आदिकवि भानुभक्त आचार्यको २०१ औं जन्मजयन्तीका अवसरमा आयोजना गरिएको हो । प्रतियोगिता मिति २०८०/०३/२८ मा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति परिसर भानु ४, चुँदिमा सञ्चालन हुनेछ । इच्छुक प्रतियोगीहरुले मिति २०८०/०३/२६ भित्र समितिको इमेल ठेगानामा नाम दर्ता गर्न सक्नुहुनेछ । 

प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । पुरस्कार वितरण कार्यक्रम असार २९ गते हुने समितिका कार्यकारी निर्देशक द्वारा हस्ताक्षरीत सूचनामा जनाइएको छ ।




Post a Comment

0Comments

Post a Comment (0)