हो.रा.लो.शारदा शिक्षा सदन मा.वि.

Horaloupdate
By -
0

 हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय
Ho.Ra.Lo.Sharada Shikshya Sadan Ma.Vi.

भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ

परिचय(Introduction):

हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय एक सामुदायिक विद्यालय हो । यो विद्यालय सरकारी अनुदानमा सञ्चालित छ । यस विद्यालयमा साधारण तर्फ कक्षा बालविकास देखि १२ सम्म र प्राविधिक तर्फ CTEVT अन्तरगतको ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालित छ । 

भौगोलिक अवस्थिति (Geographical Location)

यो विद्यालय गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित नारेश्वरटारमा अवस्थित छ । यो पृथ्वी राजमार्गको डुम्रे बजारबाट करीब ४ कि.मि. उत्तरमा पर्छ । भानु नगरपालिकाको केन्द्रमा अवस्थित यो विद्यालय बेसिशहर राजमार्गको बैकल्पिक मार्गमा पर्छ । यो विद्यालय मर्स्याङ्गदी र चुँदि खोलाले बनाएको समथर भु-भागमा अवस्थित छ ।

ऐतिहासिक पृष्ठभूमि (Historical Background)

यो विद्यालय तनहुँ जिल्लाको एक पुरानो विद्यालय हो । नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भए पश्चात स्थानीय आवश्यकतालाई परिपुर्ति गर्नका लागि तत्कालीन स्थानीय शिक्षाप्रेमिहरुबाट वि.सं. २००८ मा स्थापित विद्यालय हो । प्रारम्भमा भाषा पाठशाला स्थानीय थक्रेक डाँडाको गोठबाट शुरु भएको यो विद्यालय हाल भानु २ स्थित नारेश्वरटारमा आफ्नै जग्गा र भवनमा सञ्चालित छ । यस विद्यालय स्थापना र सञ्चालनका लागि विभिन्न कालखण्डमा विभिन्न अभिभावक तथा शिक्षाप्रेमिहरुले यस विद्यालयमा चन्दादान, भूमिदान, श्रमदान लगायतका योगदान पुर्‍याउनु भएको छ ।

विद्यालयमा सञ्चालित कार्यक्रम (Programmes)

साधारण शिक्षाः  बालविकास देखि कक्षा १२ सम्म

कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकाय

प्राविधिक शिक्षाः 

कार्यक्रमः ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग

सम्बन्धनः श्री प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद

स्विकृत कोटाः ४८

Contact: 9856043626, horalomavi@gmail.com

For Details: 

www.horalomavi.blogspot.com




Post a Comment

0Comments

Post a Comment (0)