विद्यार्थीले मनाए आफ्ना गुरुको जन्मोत्सब

Horaloupdate
By -
0

 विद्यार्थीले मनाए आफ्ना गुरुको जन्मोत्सब

भानु तनहुँ

२३ असोज २०८०

गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. मा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना कक्षा शिक्षक गुरुको जन्मोत्सब मनाएका छन् ।

निम्न माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी स्थायी कोटामा कार्यरत शिक्षक श्री दामोदर दवाडीको जन्मोत्सब विद्यार्थीहरुले आज कक्षाकोठामा नै मनाएका छन् ।
विद्यार्थीहरुले आफ्ना गुरुको जन्मोत्सबका लागि केक ल्याएर पहिलो घण्टीमा शिक्षक प्रवेश गर्ना साथ सरप्राइज दिएका थिए । विद्यार्थीको यो कृयाकलापले गुरु प्रतिको सम्मान झल्काएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले जन्मदिनको अवसरमा शिक्षक श्री दामोदर दवाडीलाई शुभकामना दिनु भएको थियो ।

Post a Comment

0Comments

Post a Comment (0)