कक्षा ९ - १२ को अभिभावक भेला सम्पन्न

Horaloupdate
By -
0

दोस्रो  अभिभावक भेला सम्पन्न 

भानु, तनहुँ

२५ असोज २०८०

भानु नगरपालिका वडा नं २ स्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.मा शैक्षिक सत्र २०८० को दोस्रो अभिभावक भेला आज बाट सम्पन्न भएको छ । आज कक्षा ९ -१२ को अभिभावक भेला सम्पन्न भए सँगै दोस्रो अभिभावक भेलाको कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयको वार्षिक कार्यतालिकामा उल्लेख भए बमोजिम आज कक्षा ९ - १२ को अभिभावक भेला दिनको ठिक ११ बजे विद्यालयको कार्यक्रम हलमा शुरु भएको थियो । भेलामा कक्षा ९, १०, ११ र १२ का अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा सञ्चालन भएको भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनराज दाहालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सबै कक्षाका कक्षा शिक्षकहरुको सहभागीता रहेको थियो ।
कक्षा ९ क का कक्षा शिक्षक विश्वनाथ नैनावस्ती, कक्षा ९ ख का कक्षा शिक्षक दीपा गैरे, कक्षा १० क का कक्षा शिक्षक महेश्वर आचार्य, कक्षा १० ख का कक्षा शिक्षक हरिश्चन्द्र अधिकारी, कक्षा ११ व्यवस्थापन संकायका कक्षा शिक्षक ज्ञानेन्द्र पंडित, कक्षा ११ शिक्षा संकायका कक्षा शिक्षक मन्दिरा घिमिरे, कक्षा १२ व्यवस्थापन संकाय का कक्षा शिक्षक दिनेश थापा र कक्षा १२ शिक्षा संकायक कक्षा शिक्षक निराजन भट्ट समेतले भेलामा आफ्नो धारणा राख्नु भएको थियो ।
विद्यालयका सहायक प्र.अ. तथा गुनासो सुन्ने अधिकारी दिवाकर घिमिरेले अभिभावकलाई घरमा आफ्ना नानीबाबुहरुको पठनपाठनमा विशेष निगरानी राख्न अनुरोध गर्नु भएको थियो । सहायक प्र.अ. तथा सूचना अधिकारी हरिश्चन्द्र अधिकारीले आफ्ना नानीबाबुहरुको नियमिततामा अभिभावकले विशेष ख्याल गर्नु पर्ने कुरा उठान गर्नु भएको थियो ।
कक्षा १२ का कक्षा शिक्षक दिनेश थापाले अभिभावक र शिक्षक हरु विच सहकार्य विना गन्तव्यमा पुग्न नसकिने कुरा बताउनु भएको थियो । अतिरिक्त कृयाकलाप संयोजक तथा कक्षा १२ का कक्षा शिक्षक निराजन भट्टले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
उपस्थित अभिभावकहरुले आफ्ना नानीबाबुहरुको पठनपाठनमा चासो व्यक्त गर्नु भएको थियो । 
सिकाइ समस्या समाधानका लागि सबै मिलेर लाग्नु पर्ने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बताउनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद भट्टराईले विद्यालयको शैक्षिक कार्यतालिका बमोजिमका गतिविधिहरु विद्यालयमा हुने गरेको र यसको अध्ययन गरी सोहि बमोजिम अभिभावकहरुले विदयालय सँग सरोकार राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

Post a Comment

0Comments

Post a Comment (0)