Mental Health Awareness Program सम्पन्न

Horaloupdate
By -
0

 भानु तनहुँ

२६ असोज २०८०

भानु नगरपालिका वडा नं २ स्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम आज सम्पन्न भएको छ । शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

शिक्षण अस्पताल महाराजगञ्जका डक्टर श्री कुशल पाठकको संयोजकत्वमा विद्यालयका ५० जना विद्यार्थीहरुलाई मानसिक स्वास्थ्यका विषयमा प्रशिक्षण दिइएको हो । डक्टरहरुको टिमले यस विद्यालयमा विगतका वर्षहरु देखि नै विभिन्न स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 
विद्यालयमा कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई सचेत गराउनु भएकोमा विद्यालयले शिक्षण अस्पताल प्रति आभार व्यक्त गरेको छ । यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुलाई परिपक्व बन्न मद्दत पुग्नेछ ।
कार्यक्रम सञ्चालनमा व्यवस्थापन मिलाउनु हुने स.प्र.अ. तथा गुनासो सुन्नेअधिकारी श्री दिवाकर घिमिरे, अतिरिक्त कृयाकलाप संयोजक श्री निराजन भट्ट लगायत कार्यक्रममा सरिक हुनु हुने सम्पूर्ण शिक्षकहरुलाई विद्यालयकले धन्यवाद ज्ञापन गरेको छ ।
सहभागी विद्यार्थीहरुले मानसिक स्वास्थ्यका विषयमा हासिल गरेको ज्ञान व्यवहारमा लागू गर्ने कुरामा विद्यालय विश्वस्त रहेको छ । 
कार्यक्रमका केहि झलकः








Post a Comment

0Comments

Post a Comment (0)