भानु तनहुँ
१९ असोज २०८०
भानु नगरपालिका वडा नं २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. मा आगलागी नियन्त्रण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । श्री सशस्त्र प्रहरी मनकामना गण भानुको आयोजनमा आज उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
मनकामना गणका Asst. Sub Inspector रामचन्द्र जि.सी.ले प्रशिक्षण दिनु भएको थियो । आगलागी हुँदा कसरी बच्न सकिन्छ र नियन्त्रणको प्रयाश कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण केन्द्रित थियो ।
विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई लाभान्वित गराउनु भएकोमा मनकामना गण प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
भविश्यमा यी र यस्ता किसिमका सचेतनामूलक कार्यक्रमहरु सशस्त्र प्रहरी गणबाट हुने कुरामा विद्यालय विश्वस्त रहेको छ ।
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.