भारतीय राजदुतावास मार्फत भवन निर्माण का लागि भानु नगरको सहभागीता

Horaloupdate
By -
0

 श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०६/२४

विषयः जानकारी सम्बन्धमा

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु नगरपालिका वडा नं २, नारेश्वरटार, तनहुँमा आवश्यक भएको कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, कार्यक्रम हल लगायतका विषयमा व्यवस्थापन मिलाउनका लागि एक सुविधा सम्पन्न आर सि सि भवन निर्माणको योजना विद्यालयले विगत  २ वर्ष देखि बनाउँदै आएको छ । यसका लागि नेपाल स्थित भारतीय राजदुतावास मार्फत योजना स्विकृत गराई कार्यान्वयन गर्नका लागि विभिन्न समयमा भरतीय राजदुतावास समक्ष संपर्क तथा समन्वय भई रहेकोमा हालसालै विद्यालयलाई आवश्यक पर्ने करीब ५ करोड लागतको विद्यालय भवनको डिपिआर सम्पन्न भएको छ । डिपिआर निशुःल्क तयार गर्न सहयोग गर्नु भएकोमा यस  विद्यालयका पूर्व विद्यार्थी तथा भानु नगरपालिकाका नगर प्रमुख श्री आनन्दराज त्रिपाठी प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । 

डिपिआर पश्चात् भवन निर्माण हुने जमिनको माटो परीक्षण कार्य विद्यालय व्यवस्थापन समिति मार्फत सम्पन्न भई सकेको छ । डकुमेन्टहरु पूरा भई सके पश्चात् स्थानीय तहको लागत साझेदारी आवश्यक भएकोमा हिजो मिति २०८०/०६/२३ गते बसेको भानु नगरकार्यपालिकाको बैठकबाट यस विद्यालयमा भारतीय राजदुतावासबाट भवन निर्माण आयोजना स्विकृत भई कार्यान्वयनको चरणमा पुगेमा भानु नगरपालिकाबाट कूल बजेटको २० प्रतिशत लगानी गर्ने प्रतिबद्धता निर्णय भएको छ । 

विद्यालयको स्तरोन्नतीको अभियानमा भानु नगरकार्यपालिकाले देखाएको तत्परता र सदासयताका लागि विद्यालय नगरपालिका प्रति कृतज्ञता ज्ञापन गर्दछ । नगरकार्यपालिकाको निर्णयसँगै अब भारतीय राजदुतावासमा औपचारिक रुपमा भवन माग गर्ने बाटो खुलेको छ । 

आवश्यक डकुमेन्ट निर्माण गरी अब भारतीय राजदुतावास काठमाण्डौं समक्ष योजना माग गरिने कुरा सम्बद्ध सबैमा जानकारीका लागि अनुरोध छ । 

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.




Post a Comment

0Comments

Post a Comment (0)