कक्षा ६, ७ र ८ को अभिभावक भेला हुँदै

Horaloupdate
By -
0

भानु तनहुँ
२४ असोज २०८०
श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. मा शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका बमोजिम तय भएको कक्षा ६ देखि ८ सम्मको अभिभावक भेला निर्धारित समयमा विद्यालयमा शुरु भएको ाछ ।

भेलामा कक्षा ६-८ का अभिभावकहरु सहभागी हुनुभएको छ । कक्षा ८ का कक्षा शिक्षक श्री दामोदर दवाडीले कार्यक्रम सञ्चालन गरिरहनु भएको छ ।
अभिभावकहरुले आ-आफ्ना नानीबाबुहरुको पठनपाठनका विषयमा जिज्ञासा रखिरहनु भएको छ । कक्षा ६ का कक्षा शिक्षक हरु विमला चेपाङ, श्रीकृष्ण पौडेल, कक्षा ७ का कक्षा शिक्षक श्री मिन बहादुर धामी लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रममा वि.व्य.स. अध्यक्ष श्री नवीनराज दाहालको उपस्थिति रहेको छ ।
 

Post a Comment

0Comments

Post a Comment (0)