भानु तनहुँ
२३ असोज २०८०
गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ नारेश्वरटार स्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.मा कक्षा ४ र ५ का लागि तय भएको अभिभावक भेला सम्पन्न भएको छ । भेलामा विद्यार्थीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।
सबै विद्यार्थीका अभिभावकहरु नआए पनि आउने अभिभावकहरुले आफ्ना नानीबाबुको हालसालै सम्पन्न भएको प्रथम त्रैमासिक परीक्षाको नतिजा को जानकारी प्राप्त गर्नु भएको थियो । भेलामा कक्षा ४ का कक्षा शिक्षक श्री सरला पौडेल र कक्षा ५ का कक्षा शिक्षक श्री विष्णुमायाँ तिमल्सिनाले आ-आफ्ना कक्षाका नानीबाबुहरुको पठनपाठनका विषयमा जानकारी दिनु भएको थियो ।
अभिभावकहरुले आफ्ना नानीबाबुहरुको पठनपाठनका लागि उनीहरुमा भएको समस्याका बारेमा छलफल गर्नु भएको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन प्राथमिक तह इन्चार्ज श्री विष्णुराज दाहालले गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री गोविन्द प्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।
अभिभावक भेला विद्यालयले शैक्षिक सत्र २०८० को वार्षिक क्यालेण्डर अनुसार सञ्चालन गरेको हो ।