वार्षिक परीक्षा २०८० शुरु (Annual Exam 2080 Began)

Horaloupdate
By -
0

 भानु, तनहुँ

५ चैत्र २०८०

आज बाट शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा शुरु भएको छ । तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ मा अवस्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. नारेश्वरटार तनहुँमा शैक्षिक सत्र २०८० का लागि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तथा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा आज मिति २०८०/१२/०५ बाट शुरु भएको छ । 













आज बाट सञ्चालन भएको कक्षा ८ को भानु नगर स्तरीय परीक्षामा भानु नगरपालिका वडा नं ५ स्थित श्री सरस्वती सदन माध्यमिक विद्यालयका शिक्षक श्री सुशिल न्यौपाने सुपरीवेक्षकका रुपमा यस विद्यालयमा नियुक्त हुनु भएको छ । परीक्षालाई शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सञ्चालन गर्नका लागि भानु नगरपालिका शिक्षा यूवा तथा खेलकूद शाखाले प्रत्येक वर्ष सुपरीवेक्षक नियुक्त गरि परीक्षा केन्द्रमा परीक्षा अवधिभर पठाउने गरेको छ । 

श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. ले सुपरीवेक्षक श्री सुशिल न्यौपाने ज्यूलाई विद्यालयमा स्वागत गरेको छ । साथै सम्पूर्ण कक्षाका परीक्षार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरेको छ ।


Post a Comment

0Comments

Post a Comment (0)