पूर्व शिक्षकहरुमा अनुरोध (Plea for Ex teachers)

Horaloupdate
By -
0

 श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०५

विषयः पूर्व शिक्षकहरुको सेवा अभिलेखीकरण सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भए पश्चात् वि.सं. २००८ मा स्थापित तनहुँ जिल्लाको पुराना विद्यालयहरु मध्येको एक विद्यालय हो । स्थापनाकालमा श्री शारदा शिक्षा सदन प्राथमिक विद्यालयको नाममा स्थानीय शिक्षाप्रेमी अभिभावकहरुको अथक प्रयासमा विद्यालयको स्थापना भएको कुरा सर्वविधितै छ । हाल यो विद्यालय श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको रुपमा सञ्चालित छ । 

यस विद्यालयमा स्थापना काल देखि हाल सम्म धेरै शिक्षकहरुले शिक्षण गर्दै आउनु भएको छ । ति सबै शिक्षकहरुको सेवालाई विद्यालयले व्यवस्थित रुपमा विद्यालयमा अभिलेख राख्ने अभिप्रायले रेकर्डको खोजीकार्यको शुरुवात गरेको छ । विद्यालयमा स्थापना काल देखिको सबै अभिलेख उपलब्ध नभएका कारण पूर्व शिक्षकहरुसँग प्रत्यक्ष संपर्क गर्नु पर्ने भएकोले विद्यालयले विभिन्न माध्यमबाट संपर्कको प्रयास गरि रहेको छ । विगत लामो समय देखिको रेकर्ड पूरा गर्न कठिन भएको हुँदा यस विद्यालयमा विभिन्न कालखण्डमा अध्यापन गराउनु भएका आदरणीय गुरुहरुलाई विद्यालयको संपर्कमा आउन हुन विद्यालय परिवार आह्वान गर्दछ ।

हाल विद्यालयले आफ्नै अफिसियल वेवसाइट समेत निर्माण गरेर अभिलेखीकरणलाई डिजिटलाइज्ड गर्ने प्रयास गरेको छ । यसको पूर्णताका लागि गुरुहरुले अवश्य सहयोग गर्नु हुने कुरामा विद्यालय विश्वस्त छ । विद्यालयसँग संपर्कका लागि हालका प्रधानाध्यापक श्री गोविन्द प्रसाद भट्टराईको मोवाइल नं ९८५६०४३६२६ मा संपर्क गर्न सकिने छ । साथै विद्यालयको फेसबुक आइडी  होरालो शारदा शिक्षा सदन र Hrlss Mavi लाई follow गर्न सकिने छ । 

                                                                            प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु २, नारेश्वरटार, तनहुँ



Post a Comment

0Comments

Post a Comment (0)