पूर्व शिक्षक चक्र बहादुर अधिकारी (Chakra Bahadur Adhikari)

Horaloupdate
By -
0

 श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०८

विषयः जानकारी सम्बन्धमा ।

प्रस्तुत विषयमा नेपालका प्रजातन्त्रको प्रादुर्भाव पश्चात् वि.सं. २००८ मा स्थापित तत्कालीन शारदा प्राथमिक विद्यालय हाल होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा स्थापनाकाल देखि हाल सम्म अध्यापन गर्नु हुने गुरुवर्गहरुको संक्षिप्त परिचय सहितको योगदानको चर्चा गर्ने क्रममा आज यहाँ पूर्व शिक्षक श्री चक्र बहादुर अधिकारीलाई प्रस्तुत गरिएको छ ।

वि.सं. २०१४ असार २० गते तत्कालीन मिर्लुङ्ग गाउँ पञ्चायत हाल भानु नगरपालिका वडा नं. १३ मा जन्मनु भएका श्री चक्र बहादुर अधिकारीले वि.सं. २०३० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भएको थियो । तनहुँ दमौली स्थित श्री निर्मल माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपश्चात् अधिकारीले दमौली स्थित श्री जलदेवी माध्यमिक विद्यालयबाट वि.सं. २०३१ देखि अध्यापनको कार्य शुरु गर्नु भएको थियो । केहि वर्षको अध्यापनपश्चात् वहाँले भानु नगरपालिका वडा नं १३ स्थित श्री अरनिको माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर करीव १९ वर्ष अध्यापन गर्नु भएको थियो ।


पूर्व शिक्षक चक्र बहादुर अधिकारीले भानु नगरपालिका वडा नं २ स्थित तत्कालीन श्री शारदा शिक्षा सदन मा.वि. हाल श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय नारेश्वरटार, तनहुँमा मिति २०५०/११/०८ देखि २०५८/०६/१७ सम्म माध्यमिक तह अंग्रेजी शिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो । यस विचमा वहाँले सहायक शिक्षक मात्र नभई आफूलाई निमित्त प्रधानाध्यापकको रुपमा समेत विद्यालयमा आफ्नो भूमिका निर्वाह गरि विद्यालयीय विकास र समुन्नतीमा योगदान पुर्‍याउनु भएको थियो ।

वहाँले यस विद्यालयमा पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै वहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । वहाँ अहिले निवृत्त जीवन बिताइरहनु भएको छ । विद्यालयका विभिन्न कार्यक्रमहरुमा निरन्तर जोडिनु भएको छ । आगामि दिनमा पनि हामी वहाँको साथ सहयोग र सद्भावको अपेक्षा गर्दछौं । वहाँको आगामि दिन सुखमय रहोस् । शुभकामना ।

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

Post a Comment

0Comments

Post a Comment (0)