श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ
मितिः २०८०/१२/०८
विषयः एस.इ.इ. तयारी परीक्षा नतिजा विश्लेषण सम्बन्धमा ।
प्रस्तुत विषयमा यस होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयबाट यस शैक्षिक सत्र २०८० मा एस.इ.इ. परीक्षामा सहभागी हुने विद्यार्थीहरुको तयारी परीक्षाको नतिजा विश्लेषण कार्यक्रम मिति २०८०/१२/०२ मा विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा कक्षा १० का ३८ जना अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सहजीकरण गर्नु भएकोमा सहायक प्र.अ. सहित सम्पूर्ण कक्षा शिक्षक तथा विषय शिक्षकसाथीहरुलाई धन्यवाद । सकृय सहभागीताका लागि सम्पूर्ण अभिभावक ज्यूहरुमा आभार प्रकट गर्दछु ।
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
कार्यक्रमको झलकः