Honour to Ranjila Kshetri (रञ्जिला क्षेत्री सम्मानित)

Horaloupdate
By -
0

 चुँदी रम्घा, तनहुँ 

२९, असार, २०८१

भानु जन्मस्थल विकास समिति चुँदि रम्घाले आज २११ औं भानु जयन्ती भव्यताका साथ मनाएको छ । कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको योगदानका विषयमा सम्मान प्रकट गर्दै वहाँले नेपाली भाषाको माध्यमबाट नेपाल र नेपालीका लागि एकताको सूत्रमा एकबद्ध गरेको विषयलाई स्मरण गरिएको छ ।

 राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रम भानु जन्मस्थल विकास समितिका अध्यक्ष श्री ऋषिराम पन्तको सभापतित्वमा सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन समितिका कार्यकारी निर्देशक श्री शंकर रानाभाटले गर्नु भएको थियो । कार्यक्रम राष्ट्रिय सभाका सदस्य श्री भगवती न्यौपानेको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो ।

कार्यक्रममा श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयबाट SEE 2080 मा 4 GPA सहित तनहुँ जिल्ला प्रथम हुन सफल विद्यार्थी रञ्जिला क्षेत्री सम्मानित भएकी छन् । समितिले निज छात्रालाई रु २०००/- नगद प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

व्यास नगरपालिका प्रमुख बैकुण्ठनाथ न्यौपाने, भानु नगरप्रमुख आनन्दराज त्रिपाठी लगायत तनहुँ जिल्लाका पालिका प्रमुखहरु, उपप्रमुखहरु, पूर्व प्रमुख तथा उपप्रमुखहरु, तनहुँ जिल्ला स्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, जनप्रतिनिधिहरु, विद्यालयका अध्यक्ष तथा प्र.अ. हरु लगायत विभिन्न कर्मचारी, शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.का ग्रीन आर्मीका भाईबहिनीहरूले कार्यक्रममा उपस्थित अतिथिहरुलाई सलामी दिएका थिए ।



















Post a Comment

0Comments

Post a Comment (0)