Apprenticeship कार्यक्रम बैठक सम्पन्न

Horaloupdate
By -
0

Apprenticeship कार्यक्रम बैठक सम्पन्न

पोखरा, २२ असार २०८०

 औद्योगिक प्रशिक्षार्थी(APPRENTICESHIP) कार्यक्रम सम्बन्धि प्राविधिक शिक्षालय (TECS) हरुसँग छलफल बैठक आज श्री सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा मन्त्रालयकै सभाहलमा सम्पन्न भएको छ । 

कार्यक्रम मन्त्रालयका सचिव ज्यूको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा श्री प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद गण्डकी प्रदेशका निर्देशक, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय शिक्षा तथा योजना महाशाखाका प्रमुख लगायत विभिन्न TECS अन्तरगतका संयोजक तथा प्रमुख हरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा हो‍.रा.लो.शारदा शिक्षा सदन मा.वि. का प्राविधिक तर्फका संयोजक श्री धनुषकुमार भट्ट र विद्यालयका प्र.अ. श्री गोविन्द प्रसाद भट्टराईको सहभागीता रहेको थियो ।

कार्यक्रमको उद्देश्य विभिन्न प्राविधिक शिक्षालयहरुमा औद्योगित प्रशिक्षार्थी कार्यक्रम विस्तार गर्ने रहेको थियो । यस कार्यक्रम अन्तरगत छनौटमा परे Pre Diploma सरह हुने गरी २४ महिने कार्यक्रम निशुल्कः सञ्चालन गर्न सकिने छ ।



Post a Comment

0Comments

Post a Comment (0)