विपन्न विद्यार्थी सहायता कोषको अपिल

Horaloupdate
By -
0

 भानु तनहुँ 

१८ असार २०८०

भानु नगरपालिका वडा नं २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा आर्थिक विपन्नताका कारण सिकाइ निरन्तरता दिन नसक्ने विद्यार्थीहरुका लागि विपन्न विद्यार्थी सहायता कोषको व्यवस्था मिलाइएको छ । 

यो कोष वि.सं. २०७८ मा स्थापना गरिएको हो । आफुले खाने खाजा बाट दैनिक रु १/- कटाइ यो कोषमा जम्मा गर्न सकिने अवधारणाबाट यस कोषको स्थापना गरिएको हो । अर्थात् सहयोग गर्न चाहने व्यक्ति वा सँघ संस्थाले यस कोषमा न्यूनतम् रु ३६५/- सहयोग गर्न सक्नेछन्  ।  यसमा स्वच्छेिक रुपमा उल्लिखित रकम भन्दा माथि पनि सहयोग गर्न सकिनेछ ।

कोषलाई व्यवस्थित गर्न विद्यालयले कोषको नामा श्री कृषि विकास बैंक डुम्रे शाखामा खाता सञ्चालन गरेको छ । खातामा जम्मा भएको रकमलाई फिक्स डिपोजिट गरी प्राप्त हुने व्याजबाट सिकाइ निरन्तरतका लागि सहयोग गरिनेछ । यहाँको सानो सहयोगले विपन्न विद्यार्थीको सिकाइ निरन्तरतामा ठूलो टेवा पुग्नेछ ।

विपन्न विद्यार्थी सहायता कोषको कार्यविधि विद्यालयको वेवसाइट  www.horalomavi.blogspot.com मा डाउनलोड गर्न सकिनेछ । 

संपर्कः horalomavi@gmail.com, 9856043626




Post a Comment

0Comments

Post a Comment (0)