शैक्षिक सत्र २०७९ मा कक्षा ११ मा भर्ना सम्बन्धी सूचना

Horaloupdate
By -
0

 हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०३/२४

विषयः कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना सम्बन्धमा ।

प्रस्तुत विषयमा यस शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा शिक्षाशास्त्र र व्यवस्थापनका विषयहरुमा मिति २०८०/०३/२५ देखि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं । SEE परीक्षामा 1.6 वा सो भन्दा माथि GPA प्राप्त गरेका विद्यार्थीहरुले आफूले चाहेको विषयमा भर्ना हुन सक्नेछन् । 

भर्ना सम्बन्धी विस्तृत विवरणः

१. SEE ग्रेडसिट र चारित्रिक प्रमाणपत्र (ग्रेडसिट नआएको भए वेवसाइट बाट डाउनलोड गरेको ग्रेडसिट भए हुने)

२. जन्मदर्ता प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र प्रतिलिपी

३. भर्ना शुल्कः रु ३६००/- (१ महिनाको मासिक शुल्क सहित)

४. भर्ना अवधिः मिति २०८०/०३/२५ देखि २०८०/०४/०५ सम्म

५. समयः बिहान १० बजे देखि दिनको ४ बजे सम्म

६. कक्षा सञ्चालनः २०८०/०४/०७ देखि

हाम्रा विशेषताहरुः

  • दक्ष तथा अनुभवी शिक्षकहरुद्वारा अध्यापन गराइने ।
  • कक्षाकोठामा मल्टिमिडिया जडान गरिएको ।
  • सिकाइ सहजीकरणमा उच्चतम् प्रविधिको उपयोग गरिने ।
  • प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइने ।
  • कम्प्युटर सीप हासिल गर्न अवसर दिइने ।
  • कक्षाको टपरलाई छात्रवृत्तिको व्यवस्था ।
  • विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था ।
  • पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गरिएको ।
  • स्व-अध्ययनका लागि पुस्तकालयको व्यवस्था ।
  • प्रयोगशालाहरुको यथेष्ट व्यवस्थापन गरिएको ।
  • नियमित शैक्षिक भ्रमण तथा फिल्ड भिजिटको व्यवस्था ।
  • नियमित अतिरिक्त कृयाकलाप सञ्चालन ।
  • खेल प्रशिक्षणको व्यवस्था भएको ।
  • पर्याप्त खेलमैदान तथा खेल सामग्री भएको ।
  • शुद्ध पिउनेपानीको व्यवस्था ।
  • आफ्नै क्यान्टीनको व्यवस्था भएको ।
  • नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था ।
  • सेनेटरी प्याड तथा सरसफाईको उचित व्यवस्थापन भएको ।

व्यवस्थापनका विषयहरुः

  • लेखाशास्त्र
  • अर्थशास्त्र
  • अर्थशास्त्र

शिक्षाशास्त्रका विषयहरुः

  • बालविकास र सिकाइ
  • शिक्षा र विकास
  • ऐ. नेपाली
  • ऐ. अंग्रेजी

अनिवार्य विषयहरुः

  • अंग्रेजी
  • नेपाली
  • सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
विपन्न विद्यार्थीहरुको सिकाइ निरन्तरताका लागि विद्यालयमा विपन्न विद्यार्थी सहायता कोषको व्यवस्था भएको ।
सिट सिमित छन् । समयमा नै आफ्नो सिट सुरक्षित गर्नु होला ।
तोकिएको समयमा विद्यार्थी भर्ना गरी कक्षा सञ्चालन मा सहयोग गरि दिन हुन सम्पूर्ण अभिभावक ज्यूहरुमा अनुरोध छ ।

संपर्कः 

प्रधानाध्यापकः 9856043626
लेखापालः 9841471426
इमेलः horalomavi@gmail.com



Post a Comment

0Comments

Post a Comment (0)