SEE ग्रेडबृद्धि परीक्षा नदिए के हुन्छ ?

Horaloupdate
By -
0

SEE ग्रेडबृद्धि परीक्षा नदिए के हुन्छ ?

धेरै विद्यार्थीको जिज्ञासाको समाधानको लागि!

मितिः २०८०/०३/२५

#GPA 1.6 भन्दा कम छ,के गर्ने?

*ग्रेड वृद्धि दिनै पर्छ। जुन जुन विषयमा सैद्धान्तिकमा कम ग्रेड छ र जुन आफुलाइ सजिलो जस्तो लाग्छ, ती मध्ये बढिमा दुई विषय छानी छानी ग्रेड वृद्धि दिने,GPA 1.6 भन्दा बढ्‌न पनि सक्छ ।

#GPA 1.6 आएको छैन, तर पनि नदिंदा के हुने ?

*केही हुन्न। SEE पूरा गरेकै हो। ग्रेडसीट र प्रमाणपत्र पाइन्छ।कक्षा ११ पढन पाईंदैन तर प्राविधिक तर्फको pre-diploma level पढ्‌न पाइन्छ।

#GPA 1.6 कटेको छ, दिउँ कि नदिउँ ?

*यो तपाईंको इच्छा ! नदिए पनि ११ पढन पाइन्छ।कक्षा ११/१२ राम्रो पढ्‌ने,त्यहाँ राम्रो GPA ल्याउने।

#GPA 1.6 कटेपछी नदिँदा भविष्यमा ग्रेडसीटले काम गर्छ त ?

*ग्रेडसीट तपाईंको योग्यता हो।काम लाग्छ।तर केही क्षेत्र/जागिरमा GPA 2 भन्दा कम छ भने असर गर्छ। जस्तै: खरिदारको लागि GPA न्युनतम 2 भन्छ।प्राविधिक तर्फको डिप्लोमा हेरि हेरि कुन कुन विषयमा के कति ग्रेड न्युनतम चाहिने हो त्यो पुग्नु पर्छ।त्यसैले बढाउन सकिन्छ भने दिनु राम्रो हो।कक्षा ११/१२ का जुनै पनि विषय पढन चाहिँ रोकावट छैन।

#ग्रेडवृद्धि दिंदै गरेर कक्षा ११/१२ पढिरहँदा हुन्छ ?

*तपाइको GPA 1.6 कटेको छ भने हुन्छ।।साउनमैं कक्षा ११/१२ को पढाइ हुन्छ।अनि ग्रेडवृद्धिको नतिजा भदौ अन्तिममा आउला। पढ़िरहने, बढ्यो भने ठिक छ, बढेन त छँदैछ।

#ग्रेडवृद्धि दिंदा घट्यो भने के हुन्छ ?

*केही हुँदैन।घट्यो भने पहिलेकै ग्रेड कायम हुन्छ।बढ्यो भने बढेर आउँछ।

त्यसैले विद्यार्थी भाई बहिनीहरु राम्ररी सोच्नु होला ।
(यो सामाजिक सञ्जालबाट साभार गरिएको हो ।)




Post a Comment

0Comments

Post a Comment (0)