होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ
मितिः २०८०/०६/२३
श्री सम्पूर्ण विद्यार्थीहरु,
हो.रा.लो.शा.शि.स.मा.वि. तनहुँ ।
विषयः विद्यालय खुल्ने बारे ।
प्रस्तुत विषयमा आज मिति २०८० असोज २३ गते मंगलबारका दिन इजरायलमा भएको दुखद घटनामा ज्यान गुमाउने नेपालीहरुको सम्मानका लागि राष्ट्रिय शोक घोषणा गरिएको छ । आज शोक मनाउने हो, विद्यालय बन्द हुने होइन । तसर्थ, आज नियमित रुपमा पठनपाठन हुने व्यहोरा जानकारी गराइन्छ ।
प्रधानाध्यापक
हो.रा.लो.शा.शि.स.मा.वि.