होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ
मितिः २०८०/०६/२४
श्री अभिभावक ज्यूहरु,
कक्षा ९ - १२
हो.रा.लो.शा.शि.स.मा.वि. तनहुँ ।
विषयः प्रमाणपत्र बुझाउन हुन ।
प्रस्तुत विषयमा यस विद्यालयमा निर्मित शैक्षिक सत्र २०८० को वार्षिक क्यालेण्डर अनुसार भोलि मिति २०८०/०६/२५ गतेका दिन दिनको ठिक ११ बजे विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक ज्यूहरुको भेला आयोजना गरिएको हुँदा उक्त भेलामा उपस्थित हुन पत्र पठाइसकेको छ । यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधारमानी विद्यालयमा उपस्थित भई दिन हुन अनुरोध छ । भोलि हुने अभिभावक भेलाको संयोजन गरि दिन हुन शिक्षक साथी श्री दिवाकर घिमिरेलाई अनुरोध छ । साथै सम्बन्धित कक्षाका कक्षा शिक्षक साथीहरुलाई अभिभावक ज्यूहरुलाई आवश्यक जानकारी सहित सहजीकरण गरि दिन हुन अनुरोध छ ।
प्रधानाध्यापक
हो.रा.लो.शा.शि.स.मा.वि.