कक्षा १२ द्वारा कक्षा ११ को स्वागत

Horaloupdate
By -
0

 कक्षा १२ द्वारा कक्षा ११ को स्वागत

भानु तनहुँ

१९ असोज २०८०

भानु नगरपालिका वडा नं २, नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.मा शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

आज कक्षा १२ द्वारा स्वागत कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ । कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा अध्ययन गर्ने भाईबहिनीहरुलाई टीका तथा माला लगाई आज स्वागत गरेका हुन् ।

कार्यक्रम कक्षा ११ मा अध्ययनरत छात्रा सुमिना थापाको सभापतित्व र विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नवीनराज दाहालको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सहित सम्पूर्ण शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
शिक्षकहरुका तर्फबाट शिक्षक श्री दिनेश थापा मगर र श्री निराजन भट्टले कार्यक्रममा संवोधन गर्नु भएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक श्री हरिश्चन्द्र अधिकारी र विद्यालयका प्र.अ. श्री गोविन्द प्रसाद भट्टराईले नयाँ विद्यार्थीको स्वागत गर्दै विद्यालयको परिवेश का बारेमा विद्यार्थीलाई अवगत गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नवीनराज दाहालले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत गर्दै नियमित पठनपाठनमा सकृयता पूर्वक लाग्न प्रेरित गर्नु भएको थियो ।
कार्यक्रममा कक्षा ११ बाट गणेश रानाभाट र कक्षा १२ बाट विवश श्रेष्ठले संवोधन गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन कक्षा १२ मा अध्ययनरत छात्र सुदीप श्रेष्ठ र छात्रा अञ्जली सुनारले संयुक्तरुपमा गर्नु भएको थियो ।

यस विद्यालयमा नयाँ विद्यार्थीलाई स्वागत तथा तहपार गरेका विद्यार्थीहरुलाई बिदाई गर्ने प्रचलन पहिला देखि नै हुँदै आएको छ । 
यस्ता कार्यक्रमले विद्यार्थीहरुमा एकआपसमा घुलमिल हुने र सम्बन्धलाई थप प्रगाढ बनाई विद्यालयीय गतिविधिमा एकजुट भई लाग्न प्रेरित गरेको छ । 
कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट विविध साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका केहि झलकः






Post a Comment

0Comments

Post a Comment (0)