अभिभावक भेला सम्पन्न

Horaloupdate
By -
0

 कक्षा १ - ३ अभिभावक भेला सम्पन्न

भानु तनहुँ

२२ असोज २०८०

भानु नगरपालिका वडा नं २ मा अवस्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.मा शैक्षिक सत्र २०८० को वार्षिक क्यालेण्डर अनुसार तय भएको कक्षा १-३ को अभिभावक भेला आज विद्यालयका प्राथमिक तह इन्चार्ज श्री विष्णुराज दाहाल ज्यूको संयोजकत्वमा सम्पन्न भएको छ ।

बिहान १० बजेका लागि आयोजना गरिएको उक्त अभिभावक भेलामा तीन ओटै कक्षाका कक्षा शिक्षकहरुको सहभागीता रहेको थियो । भेलामा विद्यार्थीको सिकाइ उपलब्धि लगायतका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको थियो ।

कार्यक्रममा ज्यादै नै न्यून अभिभावकको उपस्थिति रहेको थियो । अभिभावक भेला विद्यार्थीहरुको सिकाइ समस्या समाधानका लागि राखिएको हुँदा यस्ता कार्यक्रममा अनिवार्य उपस्थित भई छलफल कार्यमा सहभागी हुन विद्यालयले सबै अभिभावकहरुमा अपिल गरेको छ । 



Post a Comment

0Comments

Post a Comment (0)