होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ
मितिः २०८०/१२/०२
यस होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको अभिभावक भेला आज सम्पन्न गरेको छ । अभिभावक भेलामा एस.इ.इ. तयारी परीक्षाको नतिजा विश्लेषण गरिएको छ ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्री गोविन्द प्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक सँघका संयोजक श्री रन बहादु वि.क. को उपस्थिति रहेको थियो ।
कार्यक्रममा कक्षा १० मा अध्यापन गराउने सबै शिक्षकहरुले विद्यार्थीको उत्तरपुस्तिका सहित अभिभावकहरुलाई सहजीकरण गर्नु भएको थियो ।
आगामि चैत्र १५ गते बाट सञ्चालन हुने परीक्षाका लागि विद्यार्थीहरुलाई विद्यालयबाट केन्द्र सम्म पुर्याउन का लागि अभिभावकको खर्चमा बसको व्यवस्था गर्ने जिम्मा विद्यालयलाई अभिभावकहरुले दिएका छन् । प्रत्येक दिन विद्यालयका प्रतिनिधि सँग अभिभावकहरु पनि केन्द्र सम्म गएर आवश्यक सहजीकरण गर्नका लागि अभिभावकहरुले योजना तय गरेका छन् ।
मिति २०८०/१२/१५ गते का लागि अभिभावकहरु लीला क्षेत्री र सुकमायाँ नेपाली
मिति २०८०/१२/१६ गतेका लागि अभिभावकहरु इच्छा पाण्डे र संझना न्यौपाने
मिति २०८०/१२/१८ गतेका लागि अभिभावकहरु शान्ता परियार र पार्वती परियार
मिति २०८०/१२/२० गतेका लागि अभिभावकहरु मिना गुरुङ्ग र सुनमायाँ गुरुङ्ग
मिति २०८०/१२/२१ गतेका लागि अभिभावकहरु शान्ति तामाङ्ग र समिक्षा न्यौपाने
मिति २०८०/१२/२२ गतेका लागि अभिभावकहरु राजु थापा र गणेश दाहाल
विद्यालयका प्रधानाध्यापकले सहभागी सम्पूर्ण अभिभावकहरुलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको छ ।
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.