मितिः २०८०/१२/०१
यस होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु नगरपालिका २ तनहुँमा अध्ययनरत विद्यार्थीहरुले अंग्रेजी माध्यमको पाठ्यपुस्तक वापत बुझाउनु पर्ने शुल्क र मासिक सहयोग शुल्क वार्षिक परीक्षा भन्दा अगावै अनिवार्य बुझाउन पटक पटक सूचना प्रकासित गरि सकिएको छ । सम्बन्धित विद्यार्थीले तोकिएको समयमा अनिवार्य बुझाउन हुन पुनः यो सूचना प्रकासित गरिएको छ । अवज्ञा गरी शुल्क नबुझाएमा वार्षिक परीक्षामा समावेश गराउन नसकिने व्यहोरा जानकारीका लागि अनुरोध छ । यस बाट पर्न जाने असुविधा प्रति विद्यालय जवाफदेही हुने छैन ।