समाजसेवी हरि खरेलद्वारा छात्रवृत्ति प्रदान (Social Activists Mr. Hari Kharel Provides scholarship)

Horaloupdate
By -
0

 भानु तनहुँ

७ श्रावण २०८१

गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ नारेश्वरटारमा अवस्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा समाजसेवी श्री हरि खरेल ले छात्रवृत्ति प्रदान गर्नु भएको छ । वहाँले कक्षा १२ मा अध्ययनरत छात्रा सञ्चिता अधिकारीलाई कक्षा १२ को अध्ययनका लागि रु ५००००/- प्रदान गर्नु भएको छ ।

आज विद्यालयमा विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व शिक्षक श्री मेघ बहादुर थापाले समाजसेवी खरेलको तर्फबाट उक्त छात्रवृत्ति प्रदान गर्नु भएको हो । उक्त छात्रवृत्ति छात्राको पठनपाठनका लागि उपयोगमा ल्याइने थापाले जानकारी गराउनु भएको छ । 

कक्षा १२ को भर्ना देखि विद्यालयले लिने सम्पूर्ण शुल्कहरु आज थापाले विद्यालयलाई बुझाउनु भएको छ । अन्य छात्रवृत्ति रकम निज छात्राको पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाकका लागि खर्च गरिनेछ । यो व्यवस्था भए सँगै निज छात्राले सहजताका साथ कक्षा १२ को पढाइ सम्पन्न गर्नेछिन् ।


समाजसेवी हरि खरेल हाल अमेरिकामा बसोबास गर्नु हुन्छ । वहाँले गरेको यो सहयोग यस विद्यालयमा पहिलो होइन । वहाँले यस विद्यालयमा अध्ययन गर्ने नानीबाबुहरुलाई पठनपाठनका लागि निरन्तर सहयोग गरि रहनु भएको छ । खासगरी आफ्नो दिवंङ्गत माता भद्रमायाँ खरेलको स्मृतिमा खरेलले यस विद्यालयमा प्राविधिक तर्फ ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा अध्ययनरत छात्रा रोशनी तामाङ्गलाई अध्ययनका लागि सहयोग गरि रहनु भएको छ । 

समाजसेवी खरेलले पुर्‍याउनु भएको योगदानको हामी उच्च सम्मान गर्दछौं । यो पुन्य परोपकारी कामको लागि वहाँलाई हार्दिक धन्यवाद । आगामि दिनहरुमा पनि यहाँको साथ सहयोग र सद्भावको अपेक्षा गर्दछौं ।

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, तनहुँ

Post a Comment

0Comments

Post a Comment (0)